CCN, काठमाडौँ - गत साता चाबहिल, सिफलस्थित जी. एल मेमोरियल कलेज परिसरमा आयोजना भएको ‘रोजगारदाता मेला' हेर्न आएका विशाल लुइँटेल अलमलमा देखिए ।
रोटरी क्लब अफ काठमाडौँ मिड-टाउन करियर कनेक्सन प्रोजेक्टको आयोजनामा संचालन भएको उक्त मेलामा करियर कोच नेपाल ( CCN ), लक्ष्मी ग्रुप, हाईलाइफ फुड, मेन्टर ल्याब, naxa , Classic Tech Internet, teach for नेपाल, MetLife Nepal लगायतका झन्डै २१ वटा रोजगारदाता संस्थाले भाग थिए । उक्त मेलामा ८० भन्दा बढी बिद्यार्थीहरुले सहभागिता जनाएका थिए।
ती संस्थाहरुमा मार्केटिंग , सेल्स, एकाउन्टेन्ट, प्रशिक्षार्थि, डिजिटल मार्केटिंग, लगायतका विभिन्न पदमा आवेदन खुल्ला गरिएको थियो ।
पाटनस्थित virinchi college बाट भर्खर ब्याचलर इन कम्प्युटर एप्लिकेशनको पढाई सकेर सो रोजगारदाता मेलाको अवलोकन गर्न आएका विशाल कलेज परिसरबाट बाहिरिदै गर्दा अलमल्ल देखिए ।
‘कतिवटा संस्थामा आवेदन दिनु भयो?’, उक्त मेलामा रोजगारदाता संस्थाका तर्फबाट सहभागिता जनाएको करियर कोच नेपालका प्रतिनिधिले प्रश्न राख्न नपाउँदै बिशालले हाँस्दै जवाफ फर्काए। ' २/३ ओटामा आवेदन त दिएको छु। बोलाउँछ भन्नेमा चाँही शंका नै छ । ' ।
‘ किन ? ' , करियर कोच नेपालको प्रश्नमा बिशालले भने ' शायद नातावादले काम गर्ने भएकोले होला । ‘
त्यसो त, विशालले यस अघि पनि विभिन्न कम्पनीहरुमा पनि अन्तरवार्ता नदिएका होइनन् ।
'पहिले पनि २/३ वटा कम्पनीमा एप्लाई गरेको थिए। के कारण हो त थाहा भएन, पछि बोलाउँछु भन्नु भयो। तर फोन आएन।' विरिंची कलेजमा ब्याचलर इन कम्प्युटर एप्लिकेशन अध्ययनरत विशालले भने ।
उनका अनुसार उनले दिने प्राय अन्तर्वार्तामा उनलाई सोधिने पहिलो प्रश्न भनेको ' सवारी साधन छ कि छैन ?' भन्ने हो। त्यस्तै, दोश्रो प्रश्न भनेको कामको अनुभव हो ।
पहिलो प्रश्नको जवाफ त दिन्छन्। दोश्रो प्रश्नमा भने उनीसँग खासै जवाफ छैन किनभने उनी आफ्नो क्षेत्रमा नँया हुन् ।
त्यसैले, उनले बनाएको resume मा पनि धेरै कुरा सुधार गर्नु पर्ने देखिन्छ। कुराकानीको क्रममा उनमा अन्तर्वार्ताको अभ्यास पनि कम रहेको पाइयो।
त्यसैले, उनले बनाएको resume मा पनि धेरै कुरा सुधार गर्नु पर्ने देखिन्छ। कुराकानीको क्रममा उनमा अन्तर्वार्ताको अभ्यास पनि कम रहेको पाइयो।
जुन कुरा आफुले जानेको छु, त्यो कुरालाई राम्ररी लेखेकै रहेन छु। अनि जुन कुरामा जोड गरेर भन्नु पर्ने हो, त्यहिँ कुरा भन्न छुटाउँदो रहेछु ।
'यो निशुल्क कक्षा लिएपछि के गर्ने रहेछ भन्ने बल्ल बुझे', विशालले भने , 'यसले मलाई निकै आत्माबिस्वास प्रदान गरेको छ। आशा छ, अब छिट्टै भनेजस्तो काम पाउन सफल हुन्छु।'
मनिष त एक प्रतिनिधि पात्र मात्र हुन् । नेपालमा उनीजस्ता कयौ युवा छन्, जसलाई resume कसरी लेख्ने, तथा अन्तरवार्तामा कसरी प्रस्तुत हुने भन्ने सामान्य जानकारीसमेत छैन ।
Resume writing तथा अभ्यास अन्तर्वार्ता सम्बन्धी पर्याप्त जानकारीको कमीका कारण युवाहरुले भोग्नु पर्ने चुनौतीलाई मध्यनजर गरेर करियर कोच नेपालले निशुल्क resume review गर्नुका साथै resume writing सम्बन्धी बिशेष टिप्स प्रदान गरेको थियो ।
त्यसैगरी, अन्तर्वार्ताको अभ्यास ( mock interview session ) का क्रममा कुनै पनि संस्थाले लिने अन्तर्वार्तामा आफुलाई कसरि प्रस्तुत गर्ने, के के कुरामा ध्यान दिने भन्ने बारे आवश्यक जानकारी प्रदान गरेका थियौ।
' आफुलाई उपर्युक्त हुने कामको खोजीमा रहेका मानिसहरुसंग क्षमता त हुन्छ, तर त्यसलाई सहि ठाउँमा उजागर गर्न सकिरहेको हुँदैन, करियर कोच नेपालकी संस्थापक अध्यक्ष निभा शाक्य भन्छिन्, 'उनीहरुको रोजगारी पाउने सम्भावनालाई उच्च गराउन पनि हामीले यस कक्षालाई महत्वका साथ संचालन गरेका हौँ।'
आजकलको कडा प्रतिस्पर्धामा बिद्यार्थीहरुले यस्ता ससाना तर महत्वपूर्ण कुरामा ध्यान दिन सकेमा बजारमा आफुलाई बिकाउन सकिने उनले बताइन्।
निशुल्क कक्षाबाट करिब १६ जना बिद्यार्थी, महिला तथा पुरुष लाभान्वित भएका थिए ।