'Empowering Educators on Career Guidance' (Cohort-III)
'Empowering Educators on Career Guidance' सम्पन्न!
हाम्रा बालबालिकाहरूको भविष्य सही दिशामा अगाडि बढ्नका लागि शिक्षकहरू नै सबैभन्दा ठूला मार्गदर्शक हुन्। यही सोचका साथ सञ्चालित 'Empowering Educators on Career Guidance' (Cohort-III) सफलतापूर्वक सम्पन्न भएको छ।
ललितपुर महानगरपालिकाको त्रि-पद्म विधाश्रममा १० वटा विद्यालयका १० जना उत्साही शिक्षकहरूको सहभागितामा यो तीन दिने (वैशाख ८-१०) सघन कार्यशाला सञ्चालन गरिएको थियो।
यस कार्यक्रमका मुख्य आकर्षणहरू:
# शिक्षकहरूलाई करियर गाइड गर्ने नयाँ उपायहरू सिकाइयो।
# विद्यार्थीहरूको क्षमता र रुचि पहिचान गर्ने व्यावहारिक विधिहरूको अभ्यास।
# शिक्षण शैलीमा नवीनता र मार्गदर्शकको रूपमा शिक्षकको भूमिकामा छलफल।
यो केवल तीन दिनको तालिम मात्र होइन, विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई आफ्नो करियरप्रति स्पष्ट र सक्षम बनाउने एउटा अभियानको सुरुवात हो।
यस गौरवपूर्ण यात्रामा साथ दिनुहुने Ministry of Education, Science & Technology-Nepal, ललितपुर महानगरपालिका, EduLift र सम्पूर्ण सहयोगी हातहरूलाई हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछौं।
09 photos
